Posted by: kabijee | अगस्ट 6, 2009

गजललेख

घनश्याम परिश्रमी
विषय प्रवेश ः

गजल अधुनातन नेपाली साहित्यिक जगत्मा अत्यन्त प्रभावकारी काव्य विधाका रुपमा देखा परेको छ । वास्तवमा अचेल हरेक तह र तप्काका पाठक तथा श्रोताहरु गजल औधि मन पराउँछन् । आजभोलि त्यस्ता साहित्यिक पत्रिकाहरु बिरलै पाउन सकिन्छ जसमा गजलको समाविष्टि नभएको होस् । एउटा जमाना थियो जुन वेला गजल राजा महाराजाहरुका दरबारमा रनिवासमा र नवाबहरुका कोठीमा सुनाइन्थ्यो वा गाइन्थ्यो । परन्तु आजको गजल आम जनसमुदायको विषय बनेर सडकमा उत्रेको छ । वस्तुतः साहित्यका हरेक विधाको आआफ्नै स्वरुप हुन्छ । गजलको पनि विशेष किसिमको पृथक् रुप छ । गेयता सङ्गीतसँग अन्योन्याश्रितता कोमलता सुकुमारता अभिव्यक्ति कौशलअन्दाजेबयाँ उक्तिवैचित्र्य सूक्तिमयता शैल्पिक प्रााजलता लघुता सूक्ष्मता वा गहनता भावसघनता विम्बमयता प्रतीकात्मकता अनुभूतिको तीव्रता कल्पनाशीलता लौकिक प्रेम रोचक स्मृति मनमााेहक शब्दविन्यास चमत्कार प्रधानता लालित्यपूर्णता सरसता सम्प्रेषणीयता प्रत्येक शेरहरुमा विषयवस्तुको स्वतन्त्रताजीवन सापेक्ष प्रभावकारी प्रसङ्गको प्रस्तुति मिस्राहरुबीचको अन्तस्रम्बन्ध शिष्ट र शालीन भाषाको प्रयोगजस्ता विशेषताहरु ग्ाजलमा विद्यमान हुनु आवश्यक छ । यिनै विशेषताहरुको विद्यमानताले गर्दा नै गजल आकर्षक एवम् मनमोहक बन्न सक्तछ ।

हिन्दइरानी सांस्कृतिक सुन्दर परम्पराको ज्वलन्त उदाहरणका रुपमा चिनिने गजल यथार्थतः काव्यको एउटा स्वतन्त्र एवम् अति नै महत्वपूर्ण विधा हो । मूलतः गजलमा सुकोमल र हृदयस्पर्शी भावहरुको अभिव्यक्ति कोमलकान्त पद र पदावलीहरुका माध्यमबाट रोचक ढङ्गले गरिन्छ । गजलका शेरहरुमा थोरैभन्दा थोरै शब्दहरुबाट धेरैभन्दा धेरै र अति सूक्ष्म तथा गहन विषयवस्तुको प्रस्तुतीकरण हुन्छ । वस्तुतः थोरै शब्दमा मनका कुरा व्यक्त गर्ने कला गजल हो । यसमा अधिकतर आन्तरिक भावनाको उद्घाटन हुन्छ । भनिन्छ गजलको कुनै एउटा मात्र शेर कुनै गद्य आलेखका सैकडौँ पृष्ठहरुभन्दा कम प्रभावकारी हुँदैन अपितु अधिक सामथ्र्ययुक्त हुन्छ । श्रुतिकटु अश्लील दुरुह क्लिष्ट अभद्र तथा अशोभनीय अपशब्द र अपमानहेतु अनादरवाची शब्दहरु गजलका लागि स्वीकार्य हुँदैनन् । शिष्टता र शालीनतालाई गजलले अनिवार्य रुपमा आत्मसात् गर्नै पर्दछ उपेक्षा गर्नु हुँदैन । यसमा शिष्ट शब्द र अर्थको माजुल समन्वय हुनु आवश्यक हुन्छ । अर्थात् गजल कोमल शब्दहरुबाट बन्दछ र तिनबाट प्रतिपादित भाव र अर्थ पनि कोमल नै हुनुपर्दछ । गजलमा गाली पनि मीठो अर्थात् पि्रय भाषाले गर्न जान्नुपर्दछ । लचकदार कोमल र प्रवाहपूर्ण भाषा गजलले अपेक्षा गर्दछ । शब्दको कोमलता र अर्थको रोचकतापूर्ण द्रवणशीलता तथा विचित्रता वा रङ्गीनमयता गजलका मुख्य विशेषता हुन् ।

गजलको संगीतसँग अत्यन्त घनिष्ठ सम्बन्ध रहेको हुन्छ । गजल लयबद्ध हुन्छ । कुनै न कुनै छन्दमा बन्द हुनु गजलको विशेषता हो । लयबद्धताको विशेषताले नै गजलमा संगीतात्मकताको पुट पाइन्छ । वास्तवमा संगीत गजलको गहना हो । शास्त्रीय संगीत र गजलका बीच तादात्म्य सम्बन्ध रहेको हुन्छ । वस्तुतः शास्त्रीयता गजल सृजन र गायन दुवैका लागि अपरिहार्य मानिन्छ । गजल विभिन्न राग र तालमा गाइन्छ । यसमा स्वर तार र ताल तीनै प्रकारका वाद्यको प्रयोग हुन्छ । शास्त्रीय संगीतको आधारभूत ज्ञानविना गजल गाउने साहस गर्नु नजानीकनै रहमा पौडी खेल्न हाम फाल्नुजस्तै हुन्छ । यसर्थ गजल लेख्ताखेरि गेयता र संगीतात्मकताप्रति ध्यान पुग्नु आवश्यक हुन्छ । यद्यपि संगीत गजल गायनका सन्दर्भमा अपेक्षित अनिवार्य तत्व हो तापनि यसमा संगीतको भन्दा शब्दको महत्व बढी हुन्छ ।

गजल शेरहरुको समष्टि रुप हो जुन मतलादेखि मकता वा अन्तिम शेरसम्म एउटै बहरमा आबद्ध हुन्छ । इस्लामिक काव्यशास्त्रका शास्त्रीय नियम र मान्यताहरुलाई पालना गरेर संरचना गरिने हुनाले गजलको रुपपक्षमा परिष्कारवादको टड्कारो प्रभाव पर्दछ । गजलका शेरहरुमा कलाको उत्कृष्टता र भावको उच्चता सर्वथा अपेक्षित हुन्छ । अन्दाजेबयाँ अभिव्यक्ति कौशल र तगज्जुल चोटिलो र चमत्कारपूर्ण उक्ति को यस विधामा विशेष महत्व रहन्छ । उस्ताद ख्वाव अकबराबादीको भनाइमा कुनै भाव वा विचारलाई बहर विशेषमा आबद्ध गरी शेरहरु सृजना गर्दैमा त्यस्तो भाव वा विचार यदि तगज्जुलहीन छ भने गजलको शेर बन्न सक्दैन बरु त्यो त गीत वा कविता बन्न पुग्दछ ।

गजल शीर्षकहीन हुन्छ । नबुझ्नेहरुले गजलमा पनि शीर्षक राख्ने गरेको पाइन्छ । वस्तुतः गजल त्यस्तो काव्य विधा हो जसका प्रत्येक शेरहरु कलापक्षका दृष्टिले एकआपसमा आबद्ध हुन्छन् तापनि भावपक्षका दृष्टिले पूर्णतः स्वतन्त्र वा स्वायत्त हुन्छन् । गजलको आफ्नै सिङ्गो भाव विचार वा विषयवस्तु हुँदैन । यसर्थ एउटा गजलमा जतिवटा शेर छन् त्यति नै पृथक् पृथक् भावयुक्त कथ्य हुन्छन् । शीर्षक त्यस्तो तत्व हो जसले कुनै पनि लेख रचना वा कृतिविशेषको समग्र भावलाई एकमुष्ठ रुपमा इङ्गित गरेको हुन्छ । हरेक शेर स्वतन्त्र हुने भएकाले कुनै पनि गजल एउटै मात्र भाव वा कथ्यमा समेटिएको हँुदैन । अतः गजललाई कुनै एउटा मात्र शीर्षकमा बाँध्नु उचित मानिँदैन । गजललाई गजलका अतिरिक्त अन्य कुनै शीर्षक दिनु भनेको कविता वा गीत बनाउन खोज्नु मात्र हो । गजललाई गजल नै भन्नुपर्छ । यो परम्परादेखि नै चल्दै आएको चलन हो र काव्यशास्त्रीय मान्यता पनि हो ।
गजल शब्दको व्युत्पत्ति अर्थ र परिभाषा

गजल शब्दको उद्गम भाषिक भूमि अरबी हो । यो स्त्रीलिङ्गी शब्द हो । मनु व्राजाकीका अनुसार ग ज अल पदहरुको यौगिक विधानबाट गजल शब्दको व्युत्पादन भएको हो । अरबी भाषामा ग को अर्थ वाणी ज को अर्थ नारी र अल को अर्थ को वा सँग हुन्छ ।यसरी नै डा। ताहिरा नैयरका अनुसार गजल शब्दको व्युत्पत्ति गैन जि र लाम यी तीनवटा अरबी अक्षरहरुको मेलबाट भएको हो भन्ने उल्लेख पनि पाइन्छ । गजल शब्दको व्युत्पत्ति गजालाबाट भएको हो भन्ने अर्को मान्यता पनि छ । अरबीमा गजालको अर्थ हरिण हुन्छ । हरिणको शावकलाई गजाला भनिन्छ । शिकारीको तीरले घायल भएको गजाला अर्थात् मृगशावकको सुरिलो स्वरलाई गजल भनिएको हो भन्ने भनाइ यस मान्यताका पक्षधरहरुको छ । एकथरीको भनाइ फेरि अर्कै छ । उनीहरुका अनुसार उहिल्यै अरबमा एकजना यस्ता शायर थिएजसले आफ्नो जीवन नै मदिरापान र प्रेमगान गरेर बिताएका थिए । ती शायरको नाम नै गजल थियो । उनको देहावसानपश्चात् प्रेमविषयक रचनालाई उनकै नामको स्मृतिमा गजल भन्न थालियो ।गजल शब्दको व्युत्पत्ति संस्कृतको कज्जल शब्द अपभ्रंश भएर भएको हो भन्नेहरु पनि छन् ।

गजलको शाब्दिक अर्थ प्रेमिका वा स्त्रीसँगको कुराकानी स्त्रीको वाणी प्रेमिकाका विषयमा कुराकानी प्रणयवार्ता यौवना नारीको वर्णन गर्नु प्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ । फारसी भाषामा गजलको कोशीय अर्थ वाजनान गुफ्तगु करद न हो जसको अर्थ हुन्छ नारीका कुरा । यसको पुरातन साहित्यिक अर्थले भने मूलतः प्रणयविषयक काव्यको एक प्रभावकारी विधा वा भेदलाई बुझाउँछ । वस्तुतः पे्रमिकासँगको प्रणयवार्तालाई अधिकांशले गजलको मुख्य अर्थ र प्रमुख कथ्य विषयका रुपमा लिएको पाइन्छ । हिन्दी गजलगायक राजेन्द्र मेहताको भनाइमा गजल प्रेमिकासँग भलाकुसारी गर्ने एक कला हो । परन्तु केही विद्वान्हरुको तार्किक मान्यता के छ भने गजल फारसी शब्द हो जसको तात्पर्य प्रणयप्रधान गीत हुन्छ । कसैकसैले त गजलको खास अर्थ नै प्रेम हो भन्ने आग्रह समेत गरेको पाइन्छ । यसरी नै धागोको तानलाई गजलको अर्थका रुपमा लिएको पनि पाइन्छ । निष्कर्षतः रुढ अर्थका दृष्टिले प्रेम र नारीसँग गजलको गहिरो र निकट सम्बन्ध रहेको तथ्यलाई स्वीकार गर्नै पर्ने हुन्छ ।

गजलको कोशीय अर्थ

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशका अनुसार विशेषतःप्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कविता गजल हो ।

नेपाली शब्दसागर वसन्तप्रकाश शम्र्मा नेपाल का अनुसार श्रृङ्गार वा प्रेमप्रसङ्गको कविता कुनै छन्दबद्ध नभई अन्तिम तुक मात्र हुने श्रृङ्गारिक कविता गजल हो ।

प्रयोगात्मक नेपाली शब्दकोश प्र ।सं हेमाङ्गराज अधिकारीका अनुसार प्रेमलाई विषय बनाएर लेखिने एक प्रकारको कविता श्रृङ्गारिक कविता फारसी छन्दको एक प्रकारको कविता गजल हो ।

नेपाली शब्दभण्डार डा।नरेन्द्र चापागाईंका अनुसार एक प्रकारको गाउन हुने कविता लय हालेर गाउने र कवित्व समेत भएको पद्य रचना आफ्नै किसिमको विशिष्ट गेय रचना गजल हो ।

बृहत् नेपाली शब्दकोश -पं।हर्षनाथ शर्मा का अनुसार प्रायः श्रृङ्गार रसका कविता लेखिने फारसी छन्द त्यस छन्दमा लेखिने कविता गजल हो ।

ल्भउब_िष् – ल्भउब_िष् भ्लनष्किज म्ष्अतष्यलबचथ पारसमणि प्रधान नगेन्द्रमणि प्रधान का अनुसार गजल एक प्रकारको फारसी वा उर्दू छन्द प्र्रेम गीत हो

ज्ञानमण्डल लि। वाराणसीबाट प्रकाशित बृहत् हिन्दी शब्दकोशअनुसार गजलको अर्थ यस्तो छ फारसीउर्दूमा मुक्तक काव्यको एक भेद जसको प्रधान विषय प्रेम हुन्छ ।

उर्दू हिन्दी शब्दकोश सं। मोहम्मद मुस्तफा खाँ ूमुद्दाहूका अनुसार गजलको अर्थ यस्तो छ प्रेमिकासँग कुराकानी उर्दू फारसी कविताको एक प्रकार विशेष जसमा प्रायः पाँचदेखि एघार शेर हुन्छन् । सबै शेर एकै प्रकारका रदिफ र काफियामा हुन्छन् र हरेक शेरको कथ्यविषय फरक फरक हुन्छ ।

उर्दू हिन्दी कोश शब्दलोक प्रकाशन वाराणासी का अनुसार गजल फारसी र उर्दूमा एक प्रकारको कविता हो जसमा एउटै वजन र काफियाका अनेक शेर हुन्छन् र प्रत्येक शेरको विषय प्रायः एकअर्कासँग स्वतन्त्र हुन्छ भनिएको छ ।

नालन्दा विशाल शब्दसागर सं। श्रीनवलजी अनुसार गजल फारसी र उर्दूमा श्रृङ्गार रसको कविता हो ।

मराठी शब्दरत्नाकर वासुदेव गोविन्द आप्टे अनुसार गजलको अर्थ फारसी प्रेमकाव्यको एक विधा हुन्छ ।

मराठी व्युत्पत्ति कोश कृ। पा। कुलकर्णीमा गजलको अर्थ यस्तो दिइएको छ काव्यको एउटा विशिष्ट विधा वृत्त विशेष प्रेमविषयक कविता फारसी छन्दमा लेखिएको यमकप्रधान प्रेमगीत ।

form:-http://thirdface.net/dparishramee/about%20gazal.htm

वर्गहरु